सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ ८ । प्रदेशको अस्थायी राजधानीका लागि सरकारले १ अर्ब ८ करोड रुपैयाँ निकासा दिएको छ। अर्थ मन्त्रालयले सहरी विकास मन्त्रालयमार्फत सातवटै प्रदेशका लागि उक्त रकम निकासा दिएको हो। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
प्रत्येक प्रदेशको अस्थायी राजधानीलाई १५ करोड ४२ लाख रुपैयाँका दरले निकासा दिइएको अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख निर्मलहरि अधिकारीले बताए। ‘यो रकमले प्रदेशका लागि आवश्यक भवन शीर्षकमा खर्च गर्न पाउने छन्,’ उनले भने, ‘भवनको रंगरोगन, भाडा तथा त्यससँग सम्बन्धित पूर्वाधारमा खर्च गर्नेछन्।’
यो रकम सहरी विकास मन्त्रालय मातहतका डिभिजन कार्यालयहरूमार्फत खर्च हुनेछ । प्रदेशका अस्थायी राजधानीको भवनबारे उक्त मन्त्रालयले अध्ययन गरी व्यवस्थापन गर्न स्रोतको माग अर्थसँग गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा