सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ७ । अबदेखि कुनैपनि बैंकबाट पनि आफ्नो खाता भएको बैंकमा पैसा जम्मा गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले कुनै एक बैंकमा खाता भएका निक्षेपकर्ताले अन्य जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्ने सुविधा कार्यान्वयनमा ल्याउन आइतबार आइतबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दे अन्तर बैंक भुक्तानी प्रणाली मार्फत यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।
अबदेखी निक्षेपकर्ताले जुनसुकै बैंकको कुनै पनि शाखाबाट आफ्नो खातामा रकम जम्मा गर्न सक्नेछन् । अर्को बैंकको खातामा रकम जम्मा गर्न आउने ग्राहकसँग बैंकले आवश्यक शुल्क लिने छन् ।
अर्को बैंकमा गएर रकम जम्मा गर्न सकिने भए पनि रकम झिक्न भने आफ्नो खाता भएकै बैंक वा त्यो बैंकको शाखामा जानु पर्ने छ । यो ब्यवस्थासँगै कारोवारका लागि निश्चित ठाउँ तथा समय कुर्नु पर्ने व्यवस्थाको अत्य भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा