सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकीमा तिब रुपमा आर्थिक संकट गहिरिदै गएको छ । अमेरीकामा संघिय सरकारलाई आर्थिक अधिकार दिने विधेयक पारीत गर्न सिनेट असफल भएपछि यो अवस्था आएको हो । सरकारले नयाँ बजेटलाई सिनेटमा पास गर्न असफल भएपछि देशभरी नै आर्थिक संकटसँगै शट–डाउन पनि शुरु भएको हो । काग्रेस तथा व्हाइट हाउस दुबैको नेतृत्व एकै पार्टी रिपब्लिकको हातमा गएको बखत शटडाउन भएको यो नै इतिहासको पहिलो घटना पनि हो ।
राष्ट्रपति डोनाल्ड ट्रप, जो आफनो कार्यकालको एक बर्ष पुरा गर्न गईरहेका थिए, उनका आर्थिक नितिले यो शटडाउन पछि उनलाई ठुलै झट्का लागेको छ । शटडाउन जहिलेसम्म चल्छ त्यतिबेलासम्म देशभर सरकारी कामकाज पुरै ठप्प हनेछ ।
यो समयमा एक पटक फेरी अमेरीकामा रोजगारी मा संकट उत्पन्न भएको छ ।
अमेरीकाको दुबै सदनमा आर्थिक विधेयक हुनु पर्ने थियो तर चर्को विरोध पश्चात विधेयक पास हुन सकेन र अमेरीकामा शटडाउन शुरु भयो । यो शटडाउनपछि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रपले यस्तो स्थिति आउनुमा डेमोक्रेटिभ जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले आफनो असन्तुष्टि ट्वीटर मार्फत पोखेका छन् । उनले भनेका छन् “राष्ट्रिय सुरक्षा, सैन्य परिवा, कमजोर बच्चा तथा प्रत्येका अमेरीकीको सेवा हरेक राजनिति भन्दा माथि छ “।
तर त्यही सिनेट डेमोक्रेट चक स्कमरले डोनाल्ड ट्रपलाई आरोेप लगाएका छन् कि” ट्रपले दुईवटा दलीय सम्झौतालाई अस्वीकार गरे र सिनेटमा काग्रेसलाई यस मामलामा प्रभावीत हुने तरिकाबाट उत्प्रेरित पनि गरेनन् “।
ओबामा सरकारको पालामा भएको शटडाउन २०१३ मा १६ दिनसम्म चलेको थियो ।
अमेरीकामा शटडाउनको स्थिति पहिलो पटक होइन
शटडाउन पछि कैयौ सरकारी विभागहरुलाई बन्द गनु पर्ने हुन्छ जसका कारण लाखौ कर्मचारीहरु बेरोजगार हुन्छन् । अहिले अमेरीकी अर्थब्यवस्था धेरै ठुलो खतराबाट गुज्रीरहेको छ भने अमेरीकी अर्थब्यवस्थामा पाँच बर्षमा दोस्रो पटक यस्तो स्थिति आएको हो ।
हाल अमेरीकामा एंटीडेफिशिएंसी एक्ट लागु भइरहेको छ । यो एक्ट लागु भएपछि संघिए एजेन्सिलाई रकमको अभावका कारण आफनो कामकाजहरु सबै रोक्नु पर्ने हुन्छ । बजेट नहुदा कर्मचारीहरुलाई छुटीमा पठाउनुपर्ने हुन्छ भने उनीहरुलाई यो छुटीको तलब पनि दिइने छैन । यस्तो अवस्थामा सरकारले संघिय बजेट ल्याउछ जसलाई प्रतिनिधिसभा तथा सीनेट दुबैबाट पारीत गनुपर्ने जरुरी हुन्छ ।
शटडाउनको स्थितिबाट मुक्त हुनको लागी अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रपलाई शुक्रबार राती सम्मको समयावधि थियो तर बिल सिनेटबाट पारीत हुन सकेन र शटडाउनको स्थिति पैदा भयो अर्थात आर्थिक संकटबाट अमेरीका पुरै डुबेको हो ।
करीब साढे आठ लाख कर्मचारीहरु पहिलो दिनबाटै बेरोजगार
अहिले अमेरिकी प्रशासनमा ३५ लाख कर्मचारी कार्यरत छन शटडाउनको स्थिति पैदा भएसँगै करीब साढे आठ लाख कर्मचारीलाई पहिलो दिनबाट छुटि दिइनुपर्ने हुन्छ । तर यो शैनिकहरुलाई भने लागु हुने छैन शैन्यकर्मीहरुलाई भने काममा लगाइरहने छ यो क्राइसिसपछि पनि उनीहरुलाई हटाइने छैन ।
अमेरीकामा शटडाउनको स्थिति पहिलो पटक आएको होइन यसभन्दा पहिला १९८१, १९८४, १९९०, १९९५–९६ र २०१३ पनि शटडाउनको स्थिति आइसकेको छ ।
त्यो समयमा अमेरीको स्थिति यस्तो खराब भईसकेको थियो कि उनीहरुसँग कुनै खर्च गर्न समेत कुनै पैसा बचेको थिएन ।
पाँच बर्ष अगाडी पनि अक्टोबर २०१३ मा शटडाउन भएको थियो, जुन दुई हप्तासम्म चलेको थियो । यो समयमा ८ लाख कर्मचारीहरुलाई विना ज्याला विदादिइएको थियो । उक्त समयमा बाराक ओवामा राष्ट्रपति थिए ।
विभिन्न समाचार एजेन्सिहरुको सहयोगमा
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा