सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ७। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने एकताको वैचारिक छलफल आज शुरु हुने भएको छ । पार्टी एकता संयोजक समितिको आज बस्ने बैठकमा वैचारिक छलफल सुरु हुने भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा पार्टी एकता संयोजक समितिको बैठकमा वैचारिक विषयमा छलफल गरी एकता प्रक्रिया टुंगो लगाउने सहमति भएको हो ।
पार्टी एकता संयोजक समितिको बैठकबाट राष्ट्रिय सभा र प्रदेश सरकारमा दुई पार्टीबीचको बाँडफाँट औपचारिक रुपमा टुंग्याउने सहमति पनि भएको छ । त्यस सम्बन्धमा दुई दलको संयुक्त कार्यदलले अधयक्षहरुलाई प्रतिवेदन बुझाइसकेको छ र त्यसमा सामान्य हेरफेर हुनसक्ने बताइएको छ । पार्टी एकता संयोजक समितिको आज बस्ने बैठकमा पार्टी एकतापछि पथप्रदर्शक सिद्धान्त के राख्ने भन्ने विषयमा छलफल हुने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा