सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इंस्टाग्रामले फेरी एक पटक नयाँ अपडेट गरेको छ । नयाँ अपडेटपछि तपाईलाई व्हाट्सऐप जस्तै इंस्टाग्राममा पनि कुनै साथी वा युजर्स अन्तिम समय कति बजेसम्म एक्टिभ छ भन्ने सजिलै देख्न सकिन्छ । तर तपाईलाई यो फिचर न्युज फिडमा भने मिल्ने छैन यसको लागी तपाई इंस्टाग्रामको मेसेन्जर सेक्सनमा जानु पर्ने हुन्छ ।
लास्ट सीन वा लास्ट एक्टिभ फिचर फेसबुक मेसेन्जर तथा व्हाट्सऐप पहिलादेखी नै देखिन्थ्यो । यसलाई नै अब फेसबुकले आफनो प्लेठफर्म इंस्टाग्रामको लागी पनि जारी गरेको हो ।
इंस्टाग्राम अहिले फेसबुकको स्वामित्वमा रहेको छ ।
इंस्टाग्रामले लास्ट सीन फिचरलाई Show Activity Status को नामबाट जारी गरेको छ जुन डिफल्ट रुपबाट एक्टिभ हुन्छ तर यदि तपाई चाहनुहुन्छ भने सेटिङमा गएर यसलाई डि–एक्टिभ पनि गर्न सक्नु हुन्छ । यदि तपाईले आफनो एक्टिभिटि स्ट्याटस अफ गनुभयो भने तपाईले दोस्रो ब्यक्तिको स्ट्याटस पनि देख्न सक्नु हुने छैन ।
कम्पनिले यो फिचर चाडै नै एन्ड्रोइड तथा IOS को लागी पुरा रिलिज गर्ने भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा