सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वासिङटन, माघ ६। अमेरिकाले रूस र चीनको जस्तै सुरक्षा नीति ल्याउने निर्णय गरेको छ। अमेरिकाले राष्ट्रिय सुरक्षालाई विशेष महत्व दिँदै चीन र रूसको जस्तै सुरक्षा नीति ल्याउने तयारी गरेको अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस्ले बताए।
रक्षा मन्त्री म्याटिस्ले चीन र रुसका कारण अमेरिकी सुरक्षा नीति खतरामा परेको समेत बताए । अमेरिकी सेनाले आगामी दिनमा चीन तथा रूसका सेनाका लागि लड्न सक्ने सुरक्षा नीति ल्याउनले मन्त्री म्याटिस्को दाबी थियो।
आगामी दिनहरूमा अमेरिकाले चरमपन्थीको लागि भन्दा पनि चीन तथा रूस सेनाका लागि लड्न सक्ने क्षमताको विकास गर्नेछ । अमेरिकाले हाल सैन्य क्षेत्रमा खर्च गर्र्दै आएको बजेटमा कटौती नगरिने समेत मन्त्री म्याटिस्ले बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा