सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ ४ । सन २०१७ मा वाहुबली २ ले फिल्मको सबै रेकर्ड तोडेको थियो । तर अक्षय कुमारको रोबोट २ सँग बाहुबली २ को कडा टक्कर पर्ने देखिन्छ । भारतीय सञ्चार माध्यमका अनुसार अक्षय कुमारको आगामी फिल्म २.० को डिस्ट्रीब्युशन राइट्स करिब १६ करोडमा विक्रि गरिने भएको छ ।
भारतको अहिलेसम्मको सबैभन्दा महंगो फिल्म मानिएको अक्षय कुमार र रजनीकान्त को फिल्म २.० को डिस्ट्रीब्युशन राइट्स फिल्म बाहुबली २ भन्दा बढि मुल्यमा विक्रि हुदैछ । बाहुबली २ को केरल डिस्ट्रीब्युशन राइट्स जम्मा १०.५ करोड रुपैयामा बेचिएको थियो भने अक्षय कुमारको फिल्म २.० को डिस्ट्रीब्युशन राइट्स करीब १६ करोड रपैया रहेको छ ।
सुपरस्टार रजनीकान्तको फिल्म २.० मा अक्षय कुमार नेगेटिभ रोलमा देखा पर्देछन् । फिल्म रिलिज हुनुभन्दा अगाडी नै अक्षय कुृमारले आफनो नयाँ लुक्सको कारण सबै दर्शकको मन पनि जितिसकेका छन् । अक्षयको पहिलो पटक यस्तो रुपमा देख्नको लागी फिल्मलाई रिलिजसम्म कुर्न फ्यानहरुको लागी मुस्किल परेको छ । पहिलो पटक अक्षयको फिल्ममा डरलाग्दो अनुहारले संसारलाई डराएको देखिन सकिनेछ । यो फिल्म अक्षयको पहिलो साउथ इंडस्ट्री मा डेब्यु गरेको फिल्म पनि हो ।
करिब ४५० करोडमा निर्माण भएको फिल्म २.० आफनो बजेटको अलवापनि प्रमोशन खर्चको लागी पनि चर्चामा आएको छ । फिल्मको बजेट सुनेर बलिउड इंडस्ट्री का निर्माताहरु प्नि चकित परेको समयमा ट्रेड एनालिष्टले यसलाई बलिउडको अहिलेसम्मको सबैभन्दा महंगो फिल्म भएको बताएका छन् । यो फिल्ममा महंगो VFX को प्रयोग गरेको छ जुन कैयौ गुणा एड्भान्स क्वालिटीमा बनेको छ । फिल्म १३ अप्रिल २०१८ मा रिलिज हुने भएको छ ।
फिल्ममा अक्षय कुमार तथा सुपरस्टार रजनिकान्तको साथै एमी ज्याक्सनले पनि मुख्य भुमिका निर्वाह गरेका छन् । यो फिल्म विश्वभर ७००० स्क्रीनमा रिलिज हुदैछ । ओस्कार विजेता ए.आर. रहमानले यसलाई संगीत दिएका छन् भने निर्देशक तथा निर्माता शंकर सानमुगामले यसलाई निर्देशन गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा