सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी, माघ ४। महोत्तरीको गौशालामा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । मंगलबार राति स्थानीय वेचन महतोले गौशाला नगरपालिका–११ स्थित इमली बजारमा सञ्चालन गर्दै आएको कपडा सिलाइ पसल (टेलर्स)मा आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।
मंगलबार राति आगलागी हुँदा चारवटा सिलाइ मेसिन र एक थान ज ६ प ८३०२ नंको मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पसलको बाहिरपट्टि घुर बालेको देखिएकाले घुरबाट नै आगो लागेको हुनसक्ने अनुमान रहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा