सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि, माघ ४ । मस्को स्टेट युनिवर्सिटीको मेट्रोलजिकल स्टेशनले बताए अनुसार रुसको राजधानी मस्कोमा २०१७ डिसेम्बरमा केबल ६ मिनेटको लागी मात्र घाम लागेको थियो ।
यसभन्दा पहिलो डिसेम्बर २००० पनि यस्तै घट्ना घाम केबल ३ घण्टामात्र लागेको थियो ।
यसपटक रुसको कैयौ ईलाकामा तापक्रम माइनस ६७ डिग्रि सेल्सियससम्म पुग्यो । यसमध्ये एक यकुतिया भन्ने शहर पनि एक हो । साधारणतय यकुतिया जस्तो ठाउँमा तापक्रम माइनस ४० डिग्रि सम्म पुग्छ ।
पछिल्लो रेकर्ड अनुसार ओमियाकाँन भन्ने ठाउँमा तापक्रम माइनस ५० डिग्रिसम्म पुगेको रेकर्ड छ । यस्तो ईलाकामा मानिसहरुको आँखाको परेलामा समेत बर्फ जम्छ ।
यहाँ पेनको मसि समेत जमेको छ , मानिसहरुलाई सधैको लागी गाडी बन्द होला भन्ने डरले पुरै दिन गाडी चलाउछन् ।
स्थानीयका अनुसार यो भन्दा पहिला १९३३ मा पनि यस्तै माइनस ६७ डिग्रि सम्म तापक्रम पुगेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा