सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ४ । आउँदो फेब्रुअरीमा हुने शीतकालीन ओलिम्पिक्समा उत्तर र दक्षिण कोरियाले एउटै झण्डा मुनि संगसंगै मार्च गर्न सहमति जनाएका छन्। यो झण्डाको नाम हुनेछ “यूनाइटेड कोरिया “।
सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रुअरीमा दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर ओलम्पिकमा एकीकृत कोरियाको झण्डा लिएर दुवै कोरियाका खेलाडीले मार्च गर्ने सहमति गरेका हुन।
उक्त प्रतियोगीतामा महिला आइस हकी खेलको प्रतिस्पर्धामा संयुक्त टोली प्रस्तुत गर्ने सहमति गरेका छन्। विन्टर ओलम्पिक दक्षिण कोरीयाको प्योङच्याङमा फेब्रुअरी ९ देखी २७ फेब्रुअरी सम्म चल्नेछ ।
उत्तर कोरियाले दक्षिण कोरियामा हुन लागेको शीतकालिन ओलिम्पिक्समा दुईसय तीस जना चिअरलिडर अर्थात खेलाडीलाई हौस्याउनेहरुको टोली पठाउने प्रस्ताव गरेको छ।
उक्त प्रतियोगितामा बाजाबजाउन प्योंगयांगले एकसय चालिसजना वाद्यवादकहरु संलग्न एउटा वाद्य समूह, अर्केष्ट्रा, पठाउने बारे दुई कोरियाबीच यसअघि नै सहमति भैसकेको छ।
दुई वर्ष यता दुई कोरियाबीच भएको यो पहिलो उच्चस्तरीय वार्ता हो। उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा आफ्नो देश दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा खेलाडी पठाउन तयार रहेको बताएपछि यस्तो बार्ता सुरु भएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा