सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ ४ । सरकारको अकर्मण्यताका कारण सवारी चाचलक परीक्षा (ट्रायल) पास गरेका अढाई लाख नेपालीले चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन्।
लाइसेन्स नपाउनेको संख्या २ लाख ५० हजारभन्दा धेरै पुगेको यातायात व्यवस्था विभागले जनाएको छ। नियामक निकायहरुले समयमा नै निर्णय नगर्दा सेवाग्राहीले समस्या भोग्नुपरेको हो। आजको कारोबार दैनिकले खबर छापेको छ।
देशभर हाल स्मार्ट लाइसेन्सको माग (नयाँ नवीकरण र नेपालीकरणसमेत) दैनिक करिब ५ हजार छ।
स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने निकाय यातायात व्यवस्था विभागसँग दैनिक ८ सय कार्ड मात्र प्रिन्ट गर्ने क्षमता छ। त्यसो त विभागसँग माग अनुसार प्रिन्ट गरेर दिनसक्ने कार्ड पनि मौज्दात छैन।
सरकारले २०७२ मंसिरदेखि बागमती अञ्चलबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा