सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ ३ । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले आफनो क्लब रियल मेड्रिड छाडेर मैनचेस्टर युनाइटेड फर्कने इच्छा जाहेर गरेका छन् । एक समाचार एजेन्सिको रिपोर्ट अनुसार यो बर्ष समरमा रोनाल्डो आफनो पुरानो क्लबमा फर्कन चाहेको बताइएको छ ।
पाँच पटक बालोन डी ओर जिती सकेका रोनाल्डो बर्तमान क्लब मेड्रिडसँग नयाँ करार अनुसार गरेको बाचा क्लबले पुरा नगदा उनी बेखुशी भएका हुन । यही कारण उनी यो सिजनको अन्तिमसम्म मड्रिड क्लबबाट बाहिरिने बिचारमा छन् ।
रियल मड्रिडका ३२ बर्षिय खेलाडी रोनाल्डोको नाम फ्रान्सेली क्लब सेंट जर्मेन जाने हल्ला पनि चलेको छ । रोनाल्डोले २००९ मा रियल मड्रिड क्लबमा आबद्ध हुनुभन्दा अगाडी उनी ६ बर्ष युनाइटेट मा आवद्ध भएर खेलेका थिए ।
रोनाल्डोले रियल मड्रिडको लागी ४१८ खेलमा कुल ४२२ गोल गरीसकेका छन । रोनाल्डोले खेलेका रियलका लागी दुई लिग, दुई स्पेनिश कप, २०१४–२०१६–२०१७ मा च्यापियन्स लिग जिताइसकेका छन् ।
रोनाल्डोले रियल मड्रिडबाट खेलेबापत प्रतिहप्ता ३ लाख ६५ हजार युरो पारिश्रमिक लिन्छन् । रोनाल्डो विश्वको सबैभन्दा महंगा खेलाडी मध्येका एक हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा