सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ ३ । ब्राजीलको विश्वकप विजेता फुटबलर रोनाल्डिन्होले फुटबलबाट मंगलबार सन्यास लिएको घोषणा गरेका छन् । पेरिस सेन्ट जर्मेन तथा बार्सिलोनाका पुर्व स्टार रोनाल्डिन्हो २००२ को विश्वकप जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । उनले २०१५ मा फ्लूमाइनेंसे को लागी अन्तिम खेल खेलेका थिए । त्यसपश्चात उनले अन्य खेल खेलेका थिएनन् ।
खेलबाट सन्यास लिएको कुरा उनका भाई तथा एजेंट राबर्टो एसिसले बताएका हुन् । रोनाल्डिन्होले पोर्टो अलेग्रेमा आफनो करियरको शुरुवात आगाज ग्रेमियोसँग गरेका थिए तर फ्रान्सको पिएसजिसँग खेल्दा उनले बढि ख्याती हासील गरे ।
उनले २००३ देखी २००८ सम्म बार्सिलोनाको लागी खेले ।
उनले २००५ मा फिफा बर्ष उत्कृष्ट खेलाडीको अवार्ड समेत हाप पारेका थिए । उनले २००८ देखी २०११ सम्म एसी मिलानको लागी खेले त्यसपछि ब्राजील आएर फ्लामेंगो और एटलेटिको माइनेइरो को लागी खेले ।
उनले ब्राजीलका लागी ९७ खेलमा ३३ गोल गरे जसमा २ गोल विश्वकप २००२ मा गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा