सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पुस ३० । सलमान खान र कटरीना कैफ स्टार अभिनित फिल्म ‘टाइगर जिन्दा है ले’ वलिउडमा धेरै कमाई गर्ने फिल्मको रेकर्ड राख्दै धमाकेदार कमाई गरिरहेको छ । सलमान खानको यो फिल्म पनि ३ सय करोडको क्लवमा परीसकेको छ । यो भन्दा पहिला सलमान खानको दुई फिल्म बजरंगी भाइजान र सुल्तानले पनि ३ सय करोडको क्लव पार गरिसकेको छ । योसँगै फिल्मले सलमानको आफनै दुई फिल्म सुल्तान तथा बजरंगी भाईजानको रेकर्ड समेत तोडेको छ । सुल्तानले बक्स अफिसमा ३००.४५ तथा बजरंगी भाईजानले ३२०.३४ रेकर्ड राखेको थियो ।
टाइगर जिन्दा है ३ सय करोड क्लवमा सामेल भएपश्चात सलमान खान पहिलो वलिउड स्टार बनेका छन जसका ३ फिल्मले ३ सय करोड क्लव परे ।
ट्रेड ऐनेलिस्ट तरण आदर्शले तारिफ गर्दे डिसेम्बर २२ मा रिलिज टाइगर जिन्दा है ले २३ दिनामा ३२१ करोड माथिको कमाई गरेको जानकारी दिएका छन् ।
विश्वभरको कमाई हेर्ने हो भने टाइगर जिन्दा है भन्दा अगाडी छ ओटा फिल्म अगाडी रहेका छन् । जसमा आमीर खानको तिन, सारुखको एक र उनको आफनै दुई फिल्म रहेका छन् ।
यस्तो छ सबैभन्दा बढि कमाई गर्दे बक्स अफिसमा रेकर्ड राखेका ३ खानका फिल्म
अली जाफरको निर्देशनमा बनेको उक्त फिल्म एक स्पाई थ्रिलर फिल्म हो । यो फिल्म २०१२ मा रिलिज भएको ‘एक था टाइगर’ को सीक्वल फिल्म हो । फिल्ममा सलमानले रअ एजेन्ट टाइगरको भुमिका निर्वाह गरेका छन भने कैटरिना कैफले आइएसआइ एजेन्ट जोयाको भुमिका निर्वाह गरेकी छिन् । ‘टाइगर जिन्दा है’ मा दुबै रअ तथा आइएसआइ मिलेर आईएसआइ जस्तो आतंककारी सगठनको चंगुलबाट २५ भारतीय तथा १४ पाकिस्तानी नर्सहरुलाई छुटाउने मिशनमा हुन्छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा