सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, पुस २९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमिततर्फको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको हो ।
यसअघि गत मंसिर १८ गते बोर्डले कक्षा ११ आंशिकको नतिजा सार्वजनिक गरेको थियो ।
बोर्डले गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागिएको हो। परीक्षामा कूल चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागि भएका थिए।
यो वर्षदेखि नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन गर्ने तयारी बोर्डले गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा