सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलीउडका सुपरस्टार शाहरुख खानलाई वल्र्ड इकोनोमिक फोरमको तर्फबाट २४ औ क्रिष्टल अवार्डबाट सम्मानित गरीने भएको छ । ५२ बर्षिय किंग खानलाई यो सम्मान भारतमा महिला तथा बालबालिकाहरुकोे अधिकारको समर्थनको लागी लडेका कारण सम्मानित गर्न लागीएको हो ।
साहरुख खानले ट्वीट गरी धन्यवाद दिदै ट्वीटमा उनले भनेका छन् “सम्मानको लागी धन्यवाद यि वहादुर तथा सुन्दर महिलाहरुसँग काम गर्न पाउनु नै मेरो लागी सम्मान हो ” ।
साहरुख खान ननप्रोफिट अर्गनाइजेसन मिर फाउण्डेशनका फाउण्डर पनि हुन जसले एसिड पिडित महिलाहरुको सबै किसिमको मद्दत गर्छ त्यस्तै पोलीएर घाइते भएकाहरुलाई चाहिने चिकित्सा उपचार, कानूनी सहायता, व्यावसायिक प्रशिक्षण, पुनर्वास र आजीविका सहयोग सहयोग पनि गर्दे आएका छन् । उनले विशेष बालबालिका लागी अस्पताल वार्ड निर्माण गर्न तथा क्यान्सर पिडित बालबालिकाहरुको लागी चाइल्ड केयर सेन्टर पनि निर्माण गरेका छन् ।
वल्र्ड इकोनोमिक फोरमको अफिसियल वेभसाइटका अनुसार अभिनेत्री तथा निर्देशक केट ब्ल्यानचेट तथा म्युजिसियन एल्टन जोनलाई पनि उक्त अवार्डबाट सम्मानित गरिदै छ ।
निर्देशक केट ब्ल्यानचेटलाई शरणार्थी संकटको लागी नेतृत्व गरेवापत अवार्ड दिन लागीएको हो भने एल्टन जोनलाई एचआईभी ÷ एड्स विरुद्ध लडाइँको नेतृत्वको लागि दिन लागीएको हो ।
उक्त अवार्ड कार्यक्रम २२ जनवरीमा हुदै छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा