सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २८ । गरिमा विकास बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर यर दिने प्रस्ताव पारीत गरेको छ । बैंकको शुक्रबार पोखराको होटल पोखरा ग्राण्ड मा सम्पन्न ११ औं बार्षिक साधारण सभाले शेयरधनिहरुलाई १५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।
११ औं बार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनी समुहतर्फबाट सञ्चालक समितिमा रिक्त रहेको २ जना सञ्चालकमा डा।भूपेन्द्र बहादुर खड्का क्षेत्री र संजीव ढकाललाई सर्वसम्मत चयन गरेको छ ।
बैंकले संस्थापक समूहको शेयर स्वामित्व कम्तिमा ५१५ कायम हुने गरी बाँकी शेयर सर्वसाधारणमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । यसैगरी, अन्य संस्थासँग मर्ज तथा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरेको छ ।
हाल गरिमाको चुक्ता पुँजी २ अर्ब २० करोड ४२ लाख ४३ हजार ४सय ७५ रुपैयाँ रहेकोमा १५ प्रतिशतले हुन आउने ३३ करोड ६ लाख ३६ हजार ५ सय २१ समेत गर्दा २ अर्व ५३ करोड ४८ लाख ७९ हजार ९ सय ९६ हुनेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३ करोड ४२ लाख १७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा