सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २८ । जनता बैंकको १४.४० प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न साधारण सभाले लगानीकर्तालाई १४.४० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभा काठमाण्डौको कालिकास्थानमा रहेको अमृत भोग भएको हो ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ९९ करोड ३६ लाख ९४ हजार रुपैयाँ रहेकोमा १४.४० प्रतिशतले हुन आउने रु. १ अर्ब ७० लाख ९१ ह्जार ९ सय ३६ रुपैया बोनस पश्चात बैकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ९३६ रुपैयाँ हुनेछ ।
राष्ट्र बैक तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्व पुर्याउनु पर्ने नियमानुसार बैकको चुक्ता पुँजिको लागी बोनस शेयर पारीत गरेको छ ।
गत आ.ब. मा बैकले त्रिवेणी विकास बैंक र सिद्धार्थ डेभलपमेण्ट बैंक लाई एक्वाजीशन गरेपश्चात यो नै बैकको पहिलो वार्षिक साधारणसभा हो । यस साधारणसभाबाट नयाँ संस्थापकमा केशवबहादुर रायमाझी, लंड्ढबहादुर के.सी र रामबहादुर भण्डारी सर्वसम्ममत निर्वाचित भएका छन भने सर्वसाधारणमा गौतम प्रसाद खनाल विनित कुमार अग्रवाल र संजिव न्यौपाने निर्वाचित भएका छन ।
बैंकले हाल ५२ अर्ब १७ करोड निक्षेप र ४८ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको छ भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६ करोड ४८ लाख १७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा