भर्खरै

जाडोले कठ्याङ्ग्रिएर दाङमा एक जनाको मृत्यु, जनजिवन प्रभावित

Kumari Bank


तुलसीपुर, पुस २८ । दाङको गढवामा जाडोले कठ्याङ्ग्रिएर आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं १ बडराकमका ७१ वर्षीय जोखु चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । चौधरी अविवाहित र अपाङ्गता भएका व्यक्ति हुन् ।

उनका भतिजाहरु कामको सिलसिलामा भारतमा रहेको र स्याहारसुसार गर्ने व्यक्ति कोही पनि नहुँदा अत्यधिक जाडोमा न्यानो कपडाको अभावले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको स्थानीय नवराज शर्माले जानकारी दिएको प्रहरीले जनाएको छ ।  रासस

LIC



Ime Inside