सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, पुस २८ । अमेरीकामा भारतीय मुलका एक ब्यक्तिलाई १३ फेबु्रवरीमा मुत्युदण्ड दिने भएको छ । रघुनंदन यांदामुरी नामका ३२ बर्षे युवाले गएको २०१४ मे मा ६१ बर्षिय भारतीय महिला र उसकी १० महिनाकी नातीनीलाई अपहरण गरी हत्या गरेको आरोपमा मुत्युदण्डको सजाय दिन लागीएको हो ।
अमेरीकामा मुत्युदण्ड पाउने यांदामुरी भारतीय मुलका पहिलो अमेरीकी नागरीक हुन् । आन्द्रप्रदेश निवासी यांदामुरी एच–१बी भीजामा अमेरीका गएका थिए । उनले ईलेक्ट्रिकल तथा कम्प्युटर साइन्स ईन्जिनियरिङमा एडभान्स डिग्रि समेत गरेका छन् ।
स्थानिय टाइम्स हेराल्डका अनुसार उनलाई मत्यु हुने ईन्जेक्शनबाट मुत्युदण्ड दिइने तयारी गरेको छ । रघुनंदनलाई मुत्युदण्ड नहुने सम्भावना पनि रहेको छ किनभने गर्भनर टाँम वुल्फले २०१५ मा फासीलाई प्रतिबन्ध लगाएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा