भर्खरै

छोटो अवधिमै ४४ लाखको कारोबार, कृषकलाई प्रोत्साहनस्वरुप सम्मान


 January 12, 2018     सेतो खबर

गुल्मी, पुस २८। गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ । मुसिकोट नगरपालिका–१, अरेवामा रहेको पौदीअरेवा कृषि सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभासम्म आइपुग्दा रु ४३ लाख ९७ हजारको आर्थिक कारोबार गर्दै आएको संस्थाका अध्यक्ष जीतबहादुर पाठकले बताउनु भएको छ । विसं २०७० मा ३० कृषक मिलेर शुरुवात गरिएको कृषि सहकारी संस्थामा हालसम्म ११३ जना शेयर सदस्य रहेका छन।

संस्थाले विविध कृषि र पशुजन्य कामका लागि सदस्यलाई एक लाखसम्म ऋण प्रदान गर्दै आएको छ भने साधारण सभामा कृषि सहकारीले शेयर सदस्यमध्येबाट कृषि तथा पशुपालन गर्ने दुईजना उत्कृष्ट अगुवा कृषकलाई प्रोत्साहनस्वरुप सम्मानसमेत गरेको थियो । साथै, कृषि सहकारीले कक्षा आठ र एसएलसीमा उत्कृष्ट अंक ल्याउने तीनजना शेयर सदस्यका छोराछोरीलाई समेत नगद पुस्कारले सम्मान गरेको थियोे ।

चौथो साधारण सभाबाट कृषि सहकारी संस्थाले आफ्नो प्रस्तावित कार्यक्रममा सहकारीमार्फत सुत्केरी भत्ता, मृत्यु संस्कार सहयोग र स्वास्थ्य उपचार कोष जस्ता थप नयाँ कार्यक्रम कृषि सहकारीमार्फत अगाडि बढाउने संस्थाका संस्थापक बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो । रासस

LIC
LIC



Ime Inside