भर्खरै

मन्त्रिपरिषद बैठक शुरु, प्रदेश प्रमुख तोक्ने तयारी


 January 12, 2018     सेतो खबर

काठमाडौं, पुस २८ ।  मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्ने गरेकोमा हिजो सार्वजनिक बिदा परेकाले आज बस्न लागेको हो । मन्त्रिपरिषदको बैठक शुरु भोइ सकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक भरखर शुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

आजको बैठकले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने बताइएको छ । प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने लगायतका प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरूरी कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रूपमा स्थान तोक्न लागेको हो । सम्भवतः मन्त्रिपरिषद्कोे आजैको बैठकले प्रदेश कार्यालय सम्पर्क कार्यालय खोल्ने निर्णय गर्नेछ ।

Ime Inside



Ime Inside