सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पुस २८। लमजुङको दोर्दी गाउँपालिका–२, अर्चलबोटका किसानलाई बाँदरले हैरानी बनाएको छ । बाँदरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी सखाप पार्न थालेपछि किसान हैरान भएका हुन् ।
स्थानीयका अनुसार बाँदरले घरभित्रै पसेर अन्नका साथमा खानेकुरा समेत खाने गरेको छ । ‘हुलका हुल बाँदर गाउँ पसेका छन्, अन्नबाली सखाप पारेका छन्,’ स्थानीय रामप्रसाद पौडेलले गुनासो पोख्नुभयो, ‘बाँदरले घरभित्र समेत पसेर पकाएको खाना खाईदिने, बालबच्चा तथा वृद्धवृद्धालाई झम्टने गरेको छ ।’
गाउँमा दिनप्रतिदिन बाँदरले सताउन थालेपछि रोकथामका लागि सम्वन्धित निकायले पहल गर्नुपर्ने स्थानीयको माग गरेका छन । पछिल्लो समय गाउँमा बस्ती पातलिदै गएपछि बाँदरले घरमै छिरेर सताउन थालेको स्थानीयले गुनासो गरेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा