सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पुस २८ । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा पुगेको छ । घरेलु मैदानमा भएको दोस्रो लेगमा स्टार स्टाइकर लियोनेल मेस्सीले दुई मिनेटमा २ गोल गरेपछि कोपा डेल रे प्रतियोगितामा बार्सिलोनाले सेल्टा भिगोलाई ५–० को फराकीलो गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितको लागी मेसीले दुई तथा लुइस स्वारेज, जोर्डी अल्बा र इभान राकिटिकले समान एक एक गोल गरे ।
मेसीले खेलको १३ र १५ औं मिनेटमा गोल गरेर बार्सिलोनालाई सुरुवाती १५ मिनेट भित्र नै २ – ० को अग्रता दिलाए । खेलको २८ औं मिनेटमा अल्बाले तेस्रोगोल गरे भने ३१ औं मिनेटमा स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ४ – ० को अग्रता दिलाए ।
दोस्रो हाफको ८७ औं मिनेटमा राकिटिकको गोलसँगै बार्सिलोनाले ५ – ० गोल अन्तरले विजयी भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा