सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, पुस २७ । १६औं राष्ट्रिय महिला फुटबलको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
बिहिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले हराउँदै एपिएफले उपाधि हात पारेको हो ।
एपिएफका लागि सावित्रा भण्डारीले दुई तथा सरु लिम्बूले एक गोल गरिन् । पुलिसका लागि रूपा मगरले गोल फर्काइन्।
यस्तै सुपरलिगको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमलाई ७–० गोलले हराउँदै नेपाल आर्मी उपविजेता बनेको छ । आर्मीको जितमा कप्तान कृष्णा खत्रीले ५ गोल गरिन् भने शर्मिला थापा र विमला चौधरीले १र१ गोल गरे ।
लिगको ६ खेल र सुपर लिगको सबै खेल जित्दै एपीएफले ९ अंक जोड्दै उपाधि जितेको हो ।
जितसँगै एपिएफले नगद २ लाख सहित ट्रफि पाएको छ। यस्तै उपविजेता भएको नेपाल आर्मीले १ लाख तथा तेस्रो भएको नेपाल पुलिस टिमले ५० हजार जितेको छ।
प्रतियोगिताको उत्कृष्ट गोल किपर एपिएफकै अञ्जली तुम्बापो, उत्कृष्ट फरवार्डमा २९ गोल गरेकी एपिएफकै साबित्रा भण्डारी तथा उत्कृष्ट प्रशिक्षक एपिएफकै जनक सिंह भए। उनीहरूले जनही २५/२५ हजार पाएका थिए।
यस्तै नेपाल आर्मीकी दीपा राई उत्कृष्ट डिफेन्डर तथा अन्जली वाइवा उत्कृष्ट मिडफिल्डर भइन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा