सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टिभि एंकरले समाचार पढेको त तपाईहरुले देख्नु भएको होला । तर एक न्युज च्यानलमा पहिलो पटक कुनै आमाले समाचार सुनाएकी छिन् । पाकिस्तानकी एंकर किरण नाजले ८ सालकी बालीकाको रेपको घटनालाई सधै जस्तो पढिनन् किरणले उक्त घटनाको विरोध कुनै अर्को तरिकाले प्रस्तुत गरिन जसलाई हेर्ने सबै भावुक भए र आँखाबाट आसु रसाए ।
पाकिस्तानको पंजाव प्रान्तकी एक ८ बर्षकी बालिकालाई बलत्कार गरी हत्या गरिएको थियो जसको विरोधमा कैयौ अवाजहरु देशभर उठेको बेला समा टिभि च्यानलकी एंकर किरण नाजले उक्त खबर पढ्नको लागी आफनो छोरी साथै ल्याइन । किरणले आफनी नाबालीक छोरीलाई आफनै साथमा स्टुडियोमा ल्याइन र क्यामराको अगाडी नै आफनै छोरीलाई काखमा राखेर उक्त बलत्कारको समाचार पढेर सुनाइन । साथै उनले भनिन “आज म एकंर हाइन आमा हु ” ।
घटनालाई लिएर पाकिस्तानमा हिंसा भड्किएको छ जनताहरु सडकमा उत्रिएका छन । मानिसहरुको रिस हिंसामा बदलिएको छ । उक्त हिंसामा दुईजनाको ज्यान पनि गईसकेको छ ।
मृतक बालिका घर नजिकै ट्युशन पढ्नका लागी गएको समयमा अपहरणमा परेकी थिइन । उपहरणकारीले उक्त बच्चालाई अपहरणकारीको कब्जामा रहेको भिडियो सोशल मिडियामा पोष्ट समेत गरेका थिए । भिडियो सोशल मिडियामा भाईरल भएको केही दिन पश्चात बालिकाको शब फोहोरको थुप्रोमा भेटिएको थियो ।
प्रहरीले उक्त बालिकाको हत्या अगाडी बलत्कार भएको पुष्टि गरेको थियो ।
उक्त घटनालाई पंजाव कै मुख्यमन्त्रि शहबाज शरीफले आफनै प्रत्यक्ष निगरानीमा उक्त घटनाको छानवीन गरेका थिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा