सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भद्रपुर, पुस २७ ।‘अनुशासनका लागि खेल, व्यावहारिक शिक्षाका लागि प्रयोगात्मक ज्ञान’ नाराका साथ भद्रपुर नगरपालिका– ३ मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । मुनाल एकेडेमीले सञ्चालन गरेको तीन दिवसीय वार्षिक खेलकुद कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
अतिरिक्त ज्ञान र विद्यार्थीको स्वास्थ्यका लागि आधारभूत आवश्यकताका रुपमा वार्षिक खेल कार्यक्रम गरिएको मुनाल एकेडेमीका प्रिन्सिपल इन्द्रबहादुर खतिवडा बताए । प्रतियोगितामा नर्सरीदेखि कक्षा १० सम्मका ४५० विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गरेका थिए । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा