भर्खरै

‘पृथ्वीनारायण शाह राष्ट्रिय सम्पत्ति हुन्, उनको हामी सबैले सम्मान गर्नुपर्छ : देउवा


 January 11, 2018     सेतो खबर

काठमाडौं, पुस २७ । पृथ्वीनारायण  शाहको २९६ औँ जयन्तीको अवसरमा नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा बोल्दै देउवाले पृथ्वीनारायण शाह राष्ट्रिय सम्पत्ति भएको बताएका छन् ।

सिंहदरबार अगाडि पृथ्वीनारायणको शालिकमा माल्यार्पपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा पुगेर देउवाले भने, ‘पृथ्वीनारायण शाह राष्ट्रिय सम्पत्ति हुन्, उनको हामी सबैले सम्मान गर्नुपर्छ ।’

गणतन्त्र घोषणापछि सरकारले पृथ्वी जयन्तीमा पहिलो पटक बिहीबार सार्वजनिक बिदा दिएको हो ।

LIC



Ime Inside