सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रितिक रोशनको अभिनयमा राकेश रोशनद्धारा निर्मित कृष ४ बन्ने भएको छ । रितिक रोशनको ४४ औ जन्मदिनको उपलक्ष्यमा उनका बाबु निर्माता तथा निर्देशक राकेश रोशनले सरप्राइज गिफ्ट स्वरुप कृष ४ बनाउने घोषणा गरेका हुन् । उनले उक्त घोषणा टुइटर मार्फत दिएका हुन् ।
Today is perhaps the best day to make the release day of Krrish 4 official. Christmas 2020 it is. A gift for all of you on Hrithiks birthday. Happy birthday @iHrithik
— Rakesh Roshan (@RakeshRoshan_N) January 10, 2018
कृष ४ आगामी २०२० सालको क्रिशमसको मौका पारेर रिलिज गरिने समेत उनले जानकारी दिएका छन् । यसमा अरु कलाकार तथा अन्य कुरा भने कुनै खुलाइएको छैन । रितिक रोशन अभिनित २००६ सालदेखि शुरु भएका ३ ओटै कृष सुपरहिट भएको थियो भने २०२० मा आउने कृषले कस्तो धमाका मच्चाउने हो त्यो भने हेर्न वाँकी नै छ ।
हाल रितिक रोशन आफनो अघिल्लो बायोपिक फिल्म सुपर ३० कोे लागी ब्यस्त रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा