सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको क्वाटरफाइनलमा एमिएन्सलाई २–० ले हराउँदै पिएसजीले अन्तिम चारमा स्थान पक्का गरेको हो । पिएसजीको जितमा नेइमार र एड्रिएन राबिओट्ले एक एक गोल गरे ।
एमिएन्सका गोलरक्षक रेगिस गुर्ट्नगरले ३४ औँ मिनेटमा पिएसजीका एलियन एमबाप्पेलाई फउल गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि एमिएन्स १० खेलाडीमा सीमित भयो ।
यद्यपी पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको पिएसजीले ५३औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लियो।
खेलको ५३ औ मिनेटमा थोमस मोन्कोन्डुइट्ले नेइमारलाई फउल गरेपछि पिएसजीले पेनाल्टी पायो। त्यसमा नेइमारले गोल गर्दै पिएसजीलाई शुरुवाती अग्रता दिलाए।
यस्तै पिएसजीका लागि दोस्रो गोल ७८ औँ मिनेटमा राबिओट्ले हेड मार्फत गरे ।
फ्रेन्च लिग कपमा उनको यो खेल डेब्यु थियो । यहि सिजन बार्सिलोनाबाट पिएसजी गएका नेइमारले पिएसजीका लागी २२ खेलमा २० गोल गरिसकेका छन् ।
नेइमारले पिएसजीबाट लिग वान, च्याम्पियन्स लिग, फ्रेन्च कप र फ्रेन्च लिग कप सबैको डेब्यु खेलमा गोल गरेका छन् । पिएसजीले लगातार चारपटक फ्रेन्च लिग कपको उपाधि जितिसकेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा