सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अर्घाखाँची, पुष २६। प्रेस चौतारी अर्घाखाँची र प्रेस सेन्टरले सन्धिखर्कमा गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। उनले पार्टी एकतालाई विफल पार्न देशी विदेशी शक्तिहरू सल्बलाइरहेता पनि एकता प्रक्रियालाई कसैले पनि रोक्न नसक्ने बताए।
उनले पद बाँडफाँडमा कुरा नमिलेका कारण एकता हुन नसकेको भनेर अनावश्यक हल्ला फैलाइएको बताए । नेता ज्ञवालीले पार्टी एकता हुने निश्चित भइसकेको भन्दै आशंका गर्न पनि आग्रह गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जनादेशको सम्मान गरी सत्ता हस्तान्तरण गर्नुको साटो अनावश्यक बखेडा झिकेर सत्ता लम्बाउने खेलमा लागेको आरोप लगाए।
उनले पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि कार्ययोजना तय गरिसकेको बताउँदै माघ महिना भित्रै पार्टी एकता हुने बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा