भर्खरै

सलमानको ‘टाइगर जिन्दा है’ तीन सय करोडमा, सुल्तान र बजरंगी भाईजानको रेकर्ड पनि तोड्यो टाइगरले


 January 7, 2018     सेतो खबर

पुस २३  । सलमान खानको फिल्म ‘टाइगर जिंदा है’ ले धेरैजसो रेकर्ड ब्रेक गर्दे जोडतोडका साथ कमाई गरिरहेको छ । बक्स अफिसमा फिल्मले १६ दिनमा ३०० करोडभन्दा बढिको आम्दानी गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले राष्ट्रिय तथा अन्तराष्ट्रिय आम्दानी बारे जानकारी दिएका हुन् ।  डिसेम्बर २२ मा रिलिज भएको फिल्म शनिवार तीन सय करोड क्लबमा प्रवेश गरेको हो ।
योसँगै फिल्मले सलमानको आफनै दुई फिल्म सुल्तान तथा बजरंगी भाईजानको रेकर्ड समेत तोडेको छ । सुल्तानले बक्स अफिसमा ३००.४५ तथा बजरंगी भाईजानले ३२०.३४ रेकर्ड राखेको थियो ।
विश्वभरको कमाई हेर्ने हो भने टाइगर जिन्दा है भन्दा अगाडी छ ओटा फिल्म अगाडी रहेका छन् । जसमा आमीर खानको तिन, सारुखको एक र उनको आफनै दुई फिल्म रहेका छन् ।
यस्तो छ सबैभन्दा बढि कमाई गर्दे बक्स अफिसमा रेकर्ड राखेका ३ खानका फिल्म
१) दंगल  : आमीर खान   : २०२६. ६५ करोड
२)  पीके : आमीर खान  : ७६९. ८९ करोड़
३) बजरंगी भाईजान : सलमान खान  : ६२९.३९  करोड़
४) सुल्तान :  सलमान खान  : ५८५ करोड़
५)  धूम ३ : आमीर खान : ५५६.७४करोड़
६)  चेन्नई एक्सप्रेस :  सारुख खान : ४२४.५४ करोड़
७) टाइगर जिंदा है : सलमान खान
Ime Inside



Ime Inside