सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पुस २१ । आमिर खानको फिल्म ‘दंगल’ रिलिज भएको एक बर्ष भन्दा बढि हुदा पनि अझै चर्चामा रहेको छ । ‘दंगल’ ले भारतमा मात्र होइन चिनमा पनि धमका मच्चाउदै कैयौ रेकर्ड राख्दै कमाई गरेको छ ।
रिपोर्टका अनुसार , IMDB चिनमा गरिएको सर्बेमा पनि ‘दंगल’ टपमा परेको छ । ‘दंगल’ जुन भारतमा मात्र नभई विदेशी बक्स अफिसमा पनि धमाका मच्चाउने पहिलो हिन्दि फिल्म हो । ‘दंगल’ चिनमा प्रर्दशित अहिलेसम्मको पहिलो भारतिय हिट फिल्म पनि हो जसलाई चिनमा ब्लकबस्टरको सुचिमा समेत राखिएको छ ।
‘दंगल’ भारत र चिनमा मात्र होइन अमेरिका, क्यानडा, बेलाएत, अष्ट्रेलिया, युएई, ताईवान लगाएतका देशहरुमा समेत धेरै कमाई गर्ने सफल फिल्म हो ।’दंगल’ फिल्मका प्रवक्ता ले बताए अनुसार दंगलले वल्र्ड वाइड अहिलेसम्म २ हजार करोड भन्दा बढिको आम्दानि गरीसकेको छ ।
चिनमा ‘दंगल’ हिट हुनुको कारण भने दंगललाई चिनमा ७ हजार स्क्रीनमा रिलिज गरिएको थियो पहिला यसलाई ९ हजार स्क्रीनमा रिलिज गर्दा त्यहाँको ठुलो सिनेप्लैक्स ले यसलाई विरोध गरेपछि यसको स्क्रीनलाई घटाइएका थियो ।
‘दंगल’ लाई नितेश तिवारीले निर्देशन गरेका हुन भने फिल्म २३ डिसेम्बर २०१६ मा रिलिज भएको थियो । फिल्ममा भारतीय पहलवान महावीर सिंह फोगाट तथा गीता र बबितालाई मुख्य भुमिकामा देखाइएको छ । फिल्ममा साक्षी तंवर, सान्या मल्होत्रा र जायरा वसीमको पनि जवरजस्त भुमिका देख्न सकिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा