सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुकुम, पुस २० । जिल्लामा अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ ।
चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षकले जानकारी दिएका छन् ।
चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखालालगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको शिक्षकहरूको भनाइ छ ।
गत आइतबारदेखि बन्द भएका विद्यालय आगामी माघ १५ गतेदेखि सन्चालन हुने बताइएको छ । विद्यालय बन्द भएपछि विद्यार्थी र अभिभावक न्यानो ठाउँमा अस्थायी बसाइ सर्न सुरु गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा