भर्खरै

बहुप्रतिक्षीत फिल्म ‘कृ’को पहिलो गीत सार्वजनिक


 December 31, 2017     सेतो खबर

काठमाडौँ, पुस १६। बहुप्रतिक्षीत फिल्म ‘कृ’को ‘यति यति पानी’बोलको पहिलो गीत सार्वजनिक भएको छ । निर्माण टीमले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ‘कृ’को क्लब गीत सार्वजनिक गरेको छ । ‘यति यति पानी’ बोलको गीतमा नायक अनमोल केसी क्लबमा दर्जनौ यूवतीहरुसँग मस्ती मुडमा देखिएका छन् ।

दर्शकले अनमोलको यस्तो नृत्य शैली यसअगाडिका फिल्ममा देखेका थिएनन् । यो गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत छ ।

सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको कृलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो ।

 

ctzn
LIC

LIC


Ime Inside