सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । चाडै नै तपाईहरुको गाडी डिजेल र पेट्रोलको सट्टा वियरबाट चल्ने भएको छ । बैज्ञानिकहरुलाई वियरबाट ईन्धन बनाउने सफलता मिलेको छ ।
युनिर्भसिटि अफ ब्रिस्टलका बैज्ञानिकहरुले पहिलो चरण अन्तर्गत वियरमा पाइने एथेनाँललाई ब्युटेनाँलमा बदल्न सकिने तथ्य पता लगाएका छन् ।
एथेनाँल अल्कोहलमा पाइने एक प्रमुख तत्व हो । बैज्ञानिकहरुले एथेनाँललाई अलग तरिकाबाट उपयोग गर्ने जाँचमा सफलता मिलिरहेको छ जसलाई गाडीमा ईन्धनको रुपमा प्रयोग गर्दा आर्थिक तथा ब्यवहारीक रुपमा उपयुक्त होस् । तर ब्यूटेनॉल ईन्धनको महत्वपुर्ण विकल्प हो तर यसलाई नविकरणीय स्रोतको रुपमा बनाउन निकै नै कठिन छ भनेका छन् ।
उनीहरुले यो खोजको लागी ल्याव टेष्टिङको लागी अझ ५ बर्ष लाग्ने बताएका छन्, अनिमात्र यसलाई सहि तरिकाले बनाइने र त्यसलाई गाडी, ट्रक तथा अन्य सवारीसाधनमा उपयोग गर्न सकिने जनाएको छ । २०२२ सम्ममा यो नै ईन्धनको नवीकरणीय विकल्पको रुपमा प्रमुख स्रोत बन्ने दावी समेत उनिहरुले गरेका छन् ।
ब्रिस्टलका स्कूल ऑफ केमिस्टरीका वैज्ञानिकहरुले पछिल्लोधेरै बर्षदेखि व्यापक रुपमा एथनॉल को ब्यूटेनॉलमा बदल्न कोशिस गरीरहेकोमा अहिले आएर सफता मिलेको हो । विश्वमा नविकरणीय उर्जाका लागी ईन्धनको खोजी भईरहेको बेला यस किसिमको खोज र अनुसन्धानले ईन्धनको स्थान नलिएपनि फाइदा भने पुग्ने बैज्ञानिकहरुले बताएका छन् ।
विश्वका कैयौ देशहरुमा अहिले पनि यसलाई ईन्धनको विकल्पको रुपमा उपयोग गरीरहेका छन फ्रांसदेखी न्यूजीलैंड सम्मका देशहरुले वियरको बोतलबाट बन्ने बायोफ्यूल ब्रूट्रोलियम भरेर कार चलाउन थालेका छन् । तर यसलाई ब्यवहारीक रुपमा भने प्रयोग गरीएको छैन किनभने यसमा ऊर्जा घनत्व कम हुने र ईन्जीनलाई समेत नोक्सानी पुर्याउछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा