सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ६ । मलेसियामा सुरक्षाकर्मीकारुपमा कार्यरत् इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ । त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।
मलेसियामा लागुऔषध मुद्दामा मृत्युदन्ड हुने कानुनी प्रावधान छ । नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानुन व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो ।
उनी बुधबार (हिजो) नेपाल फर्किएको उक्त दूतावासले जनाएको छ । नेपाल सरकारको खर्चमा उनी स्वदेश फर्किएका हुन् । बुधबारै सिरहाका किसुनदेव महतो पनि नेपाल सरकारकै खर्चमा स्वदेश फर्किएका छन् ।
विगत दुई वर्षदेखि उनी मलेसियाको घरफिर्ती केन्द्रमा बिनारोजगारी बस्न बाध्य भएका थिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा