सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पुस ३ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले डीपोर्टिभो ला कोरुना ४० को सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोना कोरूनालाई फराकिलो अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा लुइस स्वारेज र पाउलिन्होले दुई(दुई गोल गरे।
खेलको २९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । दोस्रो गोल ४१ औं मिनेटमा पाउलिन्होले गर्दै खेललाई दोब्बर अग्रतामा पुर्याए । पहिलो हाफ २–० ले अग्रता बनाएको बार्सिलोनाका लागी ४७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० मा पुग्यो । यस्तै ७५ औं मिनेटमा पाउलिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को जित दिलाए ।
स्टार स्ट्राइकर लियोनल मेसीले खेलको ७० पाएको पेनाल्टीमासमेत गोल गर्न सकेनन मेसीको प्रहार कोरूनाका गोलरक्षक रुबेनले बचाएका थिए। उनले पटक पटक गोल प्रहार गर्दा गोल पोष्टमा लागेर फरक्यो ।
जितसँगै १६ खेलबाट ४२ अंकसहित बार्सिलोना शिर्ष स्थानमा रहेको छ । समान खेलबाट ३६ अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट ३४ अंकसहित भ्यालेन्सिया तेस्रो स्थानमा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा