सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पौष २ । यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६-० गोलअन्तरले पराजित भएको छ।
बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन्। अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन्।
मोगिनीले खेलको १३औँ मिनेटमा, चक्माले २६औँ तथा खातुनले ३२औँ मिनेटमा गोल गरिन्। पहिलो हाफको इन्जुरी समयमा मोगिनीले अर्को गोल गर्दै आफ्नो टिमलाई ४–० को अग्रता दिलाइन्।
यस्तै, खातुनले खेलको ६९औँ र ७२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
अर्को खेलमा भारतले भुटानलाई ३-० गोलअन्तरले पराजित ग–यो ।
नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा