सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, पुस २ । सिटी एक्सप्रेस उत्सव एक्सप्रेस योजनाको बम्पर उपहार विजेता घोषणा गरिएको छ । साउदी अरबको टेलीमनीबाट जमन तामाङ्गले आफ्नी श्रीमती बिमला देवी तामाङ्गलाई पैसा पठाएबापत बम्पर उपहारको रुपमा रेनौल्टको क्विड आरएक्सएल कार पाएकी छिन् ।
ब्राण्ड एम्बासडर सिताराम कट्टेल (धुर्मुस) र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन द्वारा सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा फेसबुक लाइभ कार्यक्रम गरेर विजेताको छनौट गरिएको थियो ।
उक्त बम्पर उपहार योजना सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशै तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस ” उपहार योजना ल्याएको थियो ।
उपहार योजना अबधीमा दैनिक उपहार योजना अन्तर्गत ९० जना सेवाग्रीले एक तोला चाँदीका सिक्का , क्याप , टी सर्ट र किरिङ्ग , साप्ताहिक रुपमा १२ जनाले ओप्पो मोवाईल र मासिक रुपमा ३ जना एलजी रेफ्रिजिरेटर प्राप्त गरेको थिए । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेताको छनौट गरिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा