सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पुष २। प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सकिएको छ । मत गणना सकिएसँगै समानुपातक तर्फ पनि एमाले नै पहिलो पार्टी बन्न सफल भएको छ । निर्वाचन आयोगको अनुसार एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरेको छ।
त्यसैगरी नेपाली काँग्रेस ३१ लाख २८ हजार ३८९ मतसहित दोश्रो बनेको छ । त्यस्तै माओवादीले १३ लाख ३ हजार ७२१ मत प्राप्त गर्दा राजपाले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन्।
विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ र राप्रपाले १ लाख ९६ हजार ७८२ मत पाएका छन्। राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार सिटको बाँडफाँड भने समानुपातिक निर्वाचनको अधिकृतको कार्यालयले यथाशिघ्र गर्ने छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा