सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, पुष २ । चुनाव हारेपनि मतदातालाई धन्यवाद भन्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो निर्वाचन क्षेत्रमा फर्केका छन् । तनहुँको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा पराजित भएका पौडेल मतदातालाई धन्यवाद भन्न आइतवार र सोमवार निर्वाचन क्षेत्रमा पुगेका छन् ।
२०४६ सालको परिवर्तनपछि भएका हरेक निर्वाचन विजयी भएका पौडेल यस पटक नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ किसानबाट ६ हजार ८०२ मतले पराजित भएका थिए ।
पौडेलले आँबु खैरिनीबाट धन्यवाद भन्दै सत्रसय बरादी, बिमलनगर, डुम्रे, नाहाला, देउराली, कमलबारी लगायतका स्थानमा गरिने कार्यक्रममा सहभागी हुनेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा