सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २। वाम गठबन्धनका शिर्ष नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि दुवै दलले पहिलो पटक संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्।
नयाँ सरकार गठनको ढिलाईका विषयमा वाम गठबन्धनले पत्रकार सम्मेलनमा आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो। दुवै दलले राष्ट्रिय सभा विधेयकमा अवरोध खडा गरेर कांग्रेसले सत्ता लम्ब्याउन खोजेको आरोप लगाइरहेका छन्।
समसामयीक राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्न दिउँसो तीन बजे अन्नपूर्ण होटलको कुमारी हलमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा