सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पुस १। संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गराएकोमा नेपाली र नेपाल सरकारप्रति सराहना व्यक्त गरेको छ । साथै निर्वाचनमा व्यापक समर्थनप्राप्त गराएकोमा र मतगणनालगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकोमा पनि उसले सरहाना गरेको छ ।
“स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महत्वपूर्ण कोशेढुंगा हो, जसले पारदर्शिता, समावेशिता, विधिको शासन र सेवा प्रदायनका सिद्धान्तमा आधारित उत्तरदायी शासनलाई समेत सम्भव बनाउनुपर्दछ”, नेपालस्थित अमेरिकी राजदूतावासद्वारा शुक्रबार जारी वक्तव्यमा भनिएको छ ।
पाँच चरणमा मुलुकभर निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षित र सुव्यवस्थित वातावरण बनाउनमा असंख्यौँ सरकारी अधिकारी, निर्वाचन तथा मतदान अधिकारी, स्वयंसेवक, पर्यवेक्षक, राजनीतिक दल तथा अन्य व्यक्तिको अथक प्रयास र योगदान प्रशंसनीय रहेको जनाउँदै विज्ञप्तिमा नयाँ सरकारसँग सहकार्य गर्न उत्सुकतापूर्वक प्रतीक्षारत रहेको उल्लेख छ ।
मुलुकको पूर्ण सम्भावना हासिल गर्ने दिशामा अघि बढ्नका लागि नेपाली जनताको सेवा र भलाइ गर्ने खालको समावेशी, पारदर्शी र जवाफदेही शासनमा केन्द्रित हुने जिम्मेवारी अब सबै तहका नवनिर्वा्चित जनप्रतिनिधिको काँधमा आएकामा जोड दिँदै आफ्नो सहभागिता कायम राख्दै र निर्वाचित जनप्रतिनिधिलाई पूर्णरूपमा जवाफदेही बनाउँदै आफ्नो नागरिक कर्तव्यलाई निरन्तरता दिन नेपालीसँग आग्रह गरिएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा