सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ। चलचित्र ‘कृ’को ट्रेलरले युट्युवमा तहल्का मच्चाएको छ । ट्रेलर केहि घण्टामै नेपाली युट्युव ट्रेण्डिङको पहिलो स्थानमा आएको छ । यो समाचार तयार पार्दासम्म ५ लाख ७० हजार बढि पटक हेरिएको छ । युट्युव रिलिजको यति छोटो समयमा नै ५ लाख बढि भ्यूज पाएको कुनै पनि नेपाली फिल्ममा यो पहिलो किर्तिमान हो । ‘कृ’ ट्रेलरलाई युट्युवमा २५ हजार बढिले लाइक गरेका छन् भने ६ हजार बराबर कमेन्ट व्यक्त छन् ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्मका सम्पादक पनि पौडेल नै हुन् । माघ २६ बाट प्रदर्शनमा आउने फिल्ममा अनमोल र अदितीसँगै अनुपबिक्रम शाहि, सरोज खनाल, सुदांस सिके, लक्ष्मी गिरी, रुपा राना, कामेश्वर चौरासिया लिड अभिनयमा छन् ।
सुवास गिरी र भुवन केसीको संयुक्त लगानीमा निर्माण भएको फिल्मलाई निर्माता गिरीले नेपाली फिल्मको इतिहासकै सर्वाधिक ठुलो बजेटको फिल्म दाबी गरेका छन् । गिरीले ‘कृ’ मेकिङमा कुनै कन्जुस्याइँ नगरेको भन्दा भुवनले विदेशी फिल्मसँग प्रतिस्पर्धाको लागी आफुहरु तयार भएको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा