सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस १ । सोनिया गान्धीका छोरा राहुल गान्धी भारतीय राष्ट्रिय कंग्रेसका नयाँ अध्यक्ष भएका छन्। ४७ वर्षीय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गर्दै शनिबार सपथ लिएका हुन्। सोनिया सन् १९९८ देखि कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्।
दिल्लीस्थित पार्टीको मुख्यालयमा अध्यक्ष पदको सपथ लिएका राहुल निर्विरोध भएका हुन्। भारतीय जनता पार्टीको उदयसँगै कठिन समयमा रहेको बेला कंग्रेसले राहुललाई पार्टी अध्यक्ष चुनेको हो।
राहुल विगत ५ वर्षदेखि पार्टीको उपाध्यक्ष थिए। १ सय ३१ वर्ष लामो विरासत बोकेको कंग्रेसको शीर्ष नेतृत्व लिने राहुल गान्धी-नेहरू परिवारका छैठौं सदस्य हुन्। उनको नेतृत्वमा कंग्रेसले पुरानो साख फर्काउनु पर्ने चुनौती छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा