सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
बैतडी, पौष १ । सिगास गाउँपालिका गाँजरीमा देवीदेवताका मूर्तिसहितको एउटा नयाँ गुफा फेला परेको छ ।
सिगास गाउँपालिका–१ पानीफुट्टाको धारमा स्थानीय उज्ज्वलराम विकले नयाँ घर बनाउन ढुंगा निकाल्ने बेला शुक्रबार उक्त गुफा फेला परेको गाँजरी प्रहरी चौकीका इञ्चार्ज जनकबहादुर धामीले जानकारी दिए ।
उनले भने, “त्यसमा अद्भूत कलात्मक ढुंगा कुदिएको पाइएको छ ।”
दश फिट जति लामो गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति पनि छन् ।
धेरै पहिला गुफा फेला परेको उक्त ठाउँमा राति बत्ती बलेको जस्तो देखिने तर दिउँसो केही पनि नदेखिने गरेको बूढापाखाको भनाइ रहेको स्थानीय बासिन्दा गोकर्ण दयालले बताए । गुफा हेर्न स्थानीयको भीड लागेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा