सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पौष १ । प्रतिनिधिसभा र प्रदेशसभाको पछिल्लो निर्वाचनबाट वामपन्थी दलहरु झण्डै दुई तिहाईको नजिक पुगेका छन् भने नेपाली कांग्रेस इतिहासमै कमजोर अवस्थामा पुगेको छ।
राप्रपालगायतका अनुदारवादी शक्ति विलाउँदै गएका छन् भने मधेसी दल नयाँ शक्तिका रुपमा उदाएका छन्। ०१५ देखि अहिलेसम्मका ७ निर्वाचनमा वामपन्थी वर्चस्व बढ्दै गएको देखिन्छ। कम्युनिष्टहरु कांग्रेस भन्दा बढी फुट र गुटबाट गुज्रिएका छन्।
व्यक्तित्वको टकराव, सिद्धान्तको रडाको र लाभको आकांक्षाले कम्युनिष्टहरुलाई राम्ररी गिजोलेको छ तर संसदीय निर्वाचनलाई केलाउँदा उनीहरुको प्रभाव प्रत्येक चुनावमा क्रमशः बढ्दै गएको देखिन्छ।
कम्युनिष्ट पार्टीहरुले तल्लो वर्गको प्रतिनिधित्व गर्ने र नेपालमा त्यस्तो खालको जनमत धेरै भएकाले उनीहरु फस्टाउँदै गएको माक्सवादी अध्येता तथा एमाले नेता डा विजय पौडेल बताउँछन्।
नेपालमा अझैं पनि आधारभूत सेवा सुविधाबाट धेरै मानिसहरु बञ्चित नै छन्। यस्ता मसिना तर जनतासँग जोडिएका विषयलाई कम्युनिष्टले आकर्षक नारा बनाए र जनतासम्म लैजाँदा प्रभाव बढेको बुझिन्छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा