सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मङि्सर २९। प्रतिनिधी सभा सदस्यमा कैलाली १ बाट विजयी भएका रेशम चौधरीले प्रमाण पत्र प्राप्तिका लागि दायर रिट सर्वोच्चले दरपिठमा गरेको छ । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उनी भारी मतले विजयी भए । तर, निर्वाचन अधिकृतले वारेसमार्फत विजयी भएको प्रमाणपत्र दिएनन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै चौधरीले भाइमार्फत सर्वोच्च रिट दिएका थिए ।
तर, मुख्य रजिष्टार नहकुल सुवेदीले निवेदन अस्वीकार गरेका छन् । निवेदकले आफूमाथि टीकापुर घटनाको अभियोग लागेको र कानुनी प्रक्रियामा नरहेको स्वीकार गरेको भन्दै सर्वोच्चले भनेको छ, ‘यस्तो अवस्थामा अ. व. ६५ (१) नं. बमोजिम वारेस समेत नलाग्ने देखिँदा यस्तो मुद्दामा वारेसमार्फत प्रस्तुत रिट दर्ता गर्न मिलेन ।’ चौधरी आफैं उपस्थित भएमाले भने रिट निवेदन दर्ता हुन नहुने विचार गरिने सर्वोच्चले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा