भर्खरै

झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु


 December 15, 2017     सेतो खबर

झापा,  मंसिर २९। पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-१० भालुखोलामा शुक्रबार भएको सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १० च ९७१८ नं को मारुती भ्यानमा विपरीत दिशाबाट आउँदै गरेको मे६प २३३३ नं को मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक कन्दङ्वाको मृत्यु भएको हो ।

भ्यानमा सवार बिर्तामोड–५ का ३१ वर्षीय राजु दाहाल, उनकी श्रीमती २८ वर्षीया अञ्जना दाहाल र सोही ठाउँका ३६ वर्षीया गीता कार्की घाइते भएका छन् । घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

Ime Inside



Ime Inside